सुर्य भुसाल
झन्द्रेक, अर्घाखाँची । जनसेवा माध्यमिक बिधालय पाणिनी ७ अड्गुरीको झन्द्रेकको ३० औ बार्षिकोत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाइएको छ ।
कार्यक्रममा स्थानीय समाजसेवी शिबिदेबी थापाले १ लाख ५१ हजार निजि लगानिमा निर्माण गरेको खाने पानी टंकी बिधालयलाई हस्तान्तरण गर्नुभएको छ। यस्तै अभिभावक मित्रदेव घिमिरेले रु ५१ हजार बराबरको चेक बिधालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासेलाइ हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पाणिनी गाउँ पालिका अध्यक्ष अच्युत गौतमले शैक्षिक सुधारका लागि जनसेवा माबिले प्रदान गरेको नतिजा उदाहरणीय भएको र निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रमुख अतिथी समेत रहेका गौतमले शिक्षण जागीर मात्र नभै जिम्मेवारी पनि भएको प्रती सबै शिक्षकले महसुस गर्न अनुरोध गर्नुभएको थियो ।
यस्तै उपाध्यक्ष लक्ष्मी गौतमले अनुकरणीय कामका लागि शुभकामना दिदै प्रश्म्सा गर्न लाएक बनेर उदाहरण दिन अग्रह गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत जनक रज पन्थी वडा न ७ का अध्यक्ष गुनाखर अधिकारी, कार्यपालिका सदस्य टोपकली कब्दार वडा सदस्य हरु पदम महत्रा र नवीन कुमार टन्डन लगायत स्थानीय अभिभावक , छिमेकी बिधालयका प्रधानाध्यापक समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा चन्दादाता र सरुवा हुनुभएका शिक्षक प्रकाश खनाललाई सम्मान गरिएको थियो ।
यस्तै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७५ को बार्शिक नतिजामा उत्कृष्ट छात्रा छात्रहरुलाइ पुरस्कार बितरण गरिएको बिधालयका प्रधानाध्यापक प्रेम नारायण बेल्वासेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक इमान बहादुर टन्डनले शैक्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । शिक्षक कमला घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक शालिकराम बेल्वासेले गर्नुभएको थियो ।