श्याम घिमिरे
चुत्रावेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सञ्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञ बिहिबारबाट सकिएको छ ।
जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै आयोजना गरिएको महायज्ञमा बरीष्ठ पंण्डीत केशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) ले कथा वाचन गर्नुभएको थियो ।
हजारौं भक्तजनहरुको सहभागितामा भव्य कलश यात्रा गरि बैशाख २३ गते उद्घान गरिएको महायज्ञमा नेपाल तथा भारतका विभिन्न चर्चित धार्मिक स्थलहरुमा प्रवचन गर्दे आउनुभएका आचार्यले हरेक दिन दिउँसो १ बजे देखी साँझ ५ बजे सम्म कथा वाचन गर्नु भएको थियो ।
जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालयमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्गको निर्माण गरिएको मन्दिरको, महत्व बुझाउन र धार्मिक,पौराणिक एवं सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती आयोजना गरिएको महायज्ञमा झन्डै ७० हजार भक्तजनले दर्शन गरेको र महायज्ञबाट करीब १७ लाख रुपैंया नगद संकलन र अन्य जिन्सी सामाग्रीहरु पनि उठेको शक्तिपिठ सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।
नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको समापन कार्यक्रममा जिल्ला स्थित स्थानिय सरकारका प्रमुख,प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख लगायत सर्बसाधारणको उल्लेखनिय उपस्थीति रहेकोे थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने र आयोजकको तर्फबाट नारायण प्रसाद खनालले मन्तव्य राख्दै जिल्लाको पहिचान झल्कीने ऐतिहँंसिक धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्दे पर्यटन विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
जिल्लाका बजार देखी गाउँ सम्म यसरी हुने धार्मिक गतिविधिले समाजमा आपसि सद्भावको विकास गर्न सकिने उहाँहरुको भनाई समेत रहेको थियो ।




