सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले २६ औं मदन आश्रित स्मृति दिवस मनायो

 सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले २६ औं मदन आश्रित स्मृति दिवस सदरमुकाम सन्धिखर्कमा एक कार्यक्रम गरी मनाएको छ । 
मदन आश्रित स्मृति भबन सन्धिखर्कमा सम्पन्न कार्यक्रममा नेकपा का ५ नम्बर प्रदेस सदस्य तथा सासद रामजी प्रसाद घिमिरे, ५ नम्बर प्रदेस सदस्य पिताम्बर भुसाल ५ नम्बर प्रदेस सदस्य छमकुमारि खनाल, नेपाली काङ्ग्रेसका पुर्व पार्टी सचिब लोकेन्द्र बिक, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी लगायतका नेताहरुले मदन भन्डारी जिबराज आश्रितको फोटोमा माल्यणपण गरि श्रर्दानजलि ब्यक्त गरेका थिए ।  
जिल्ला सचिब तथा ५ नम्बर प्रदेस सदस्य ठाकुर कुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला नेताहरु अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।
विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । दुर्घटनापछि शव चितवनकै गाँजीपुरमा जेठ ५ गते भेटिएको थियो । शवलाई त्यसै दिन भरतपुरको प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा राखिएको थियो । चितवनमा हजारौँ कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेपछि शवलाई काठमाडौँ पठाइएको प्रदेशसभा सदस्य सुवेदी सम्झँन्छन् । निधन हुनुभन्दा अघि भण्डारीले चितवनका विभिन्न पार्टी बैठक, सभा र कार्यक्रमलाई सम्बोधन गरेको सुवेदीको स्मरणमा आजसम्म पनि ताजै छ ।  घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुंगा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुंगा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

अन्य समाचारहरु