अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका पाका स्रष्टा पीताम्बर भट्टराईले लेख्नुभएको शहीद नामक गीतिनाटकको सन्धिखर्कको शान्तिबगैचामा विमोचन भएको छ ।
जिल्लाका पाका स्रष्टा खाचिकोट डिहिडाँडाका पीताम्बर भट्टराईले लेख्नुभएको शहीद नामक गीतिनाटकको विमोचन पनि भएको हो ।
यस्तै रचना वाचन शृङ्खला लुम्बिनी वाङ्मय प्रतिष्ठान, अर्घाखाँचीद्वारा आयोजित सन्धिखर्कको शान्तिबगैचामा नियमित रचना वाचन अन्तर्गत आज शुक्रबार दोस्रो शृंखला सम्पन्न भएको छ ।