सन्धिखर्कमा अपाङ्गता भएका ब्यक्तिहरूकाे क्षमता बिकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अपाङ्गता भएका ब्यक्तिहरूकाे क्षमता बिकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
सृजनशिल अपाङ्ग सरोकार केन्द्रको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरूकाे क्षमता बिकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूकाे सीप तथा आर्थिक क्षमता अभिवृद्धिका लागि जिल्ला तहबाट के कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने बारेमा छलफल भएकाे थियो । 

अन्य समाचारहरु