सुरज घिमिरे
बाँगी, अर्घाखाँची । नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले दुई तिहाईको सरकारले भष्ट्रचार बढाएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ अन्र्तगत मालारानी गाउँपालिकाको बाँगीमा भएको हिमाल, पहाड, तराई मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा नेता भुसालले सुनकाण्ड, हवाईटवोडी काण्ड, ललिता निवास काण्ड, निर्मला हत्या काण्ड लगाएत काण्डै काण्डमा सरकार मुछिएपनि कुनै समस्या समाधन गर्न नसकेको बताए ।
सरकार सबै काण्डसँग आवद्ध भएको र सरकारलाई सबै काण्डको जानकारी भएपनि जनताको आखाँमा छारो हाल्ने काम गरेको बताए । नयाँ पुस्तालाई राजनितिमा सक्रिय बनाउँनमा जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
भुसालले महासमिति बैठकबाट काँग्रेस गाउँगाउँमा जाने अभियान ल्याउँनु पर्ने आवाज उठेकाले गाउँमा काँग्रेस अभियान लिएर हिडेको बताए । शुसासनको नारा दिएको सरकारले कुशासनको बाटोमा लागेको आरोप लगाए । अधिनायको बाटोमा ओलि सरकार लागेको भुसालले बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले जनजागरण अभियानमा सबै एकजुट हुन आग्रह गरे । उनले सबै टोलटोलमा काँग्रेस पुग्ने बताउँदै तीन चरणमा जनजागरण अभियान सँगै प्रशिक्षण कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा पुर्व सभापति कमल भुसाल, जिल्ला सदस्य नेत्रप्रसाद भट्टराई, क्षेत्रीय सभापति केशव कुवँर, महासमिती सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधी तथा जिल्ला सदस्य लोकेन्द्र विक, आमन्त्रीत जिल्ला सदस्य बाबुराम भुसाल र ठाकुर पन्थी प्रेस युनियनका केन्द्रीय पार्षद रूद्रमणि भुसालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नेपाली काँग्रेसका बाँगी सभापति मणिराम खनालको सभापतीत्व, सचिव नारायण भुसालको सञ्चालन र मित्रलाल भुसालको स्वागतमा सम्पन्न भएको हो ।