हंसपुरको ईन्द्रानेटाकी १७ वर्षिया एक किशोरीको भारतकाे चन्डिगढमा निधन

अर्घाखाँचीडट्कम संवाददाता
चन्डिगढ,  भारत । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको ईन्द्रानेटाकी एक किशोरीको भारतकाे चन्डिगढमा निधन भएको छ । 
हंसपुरको ईन्द्रानेटाका गुन बहादुर परियारकी १७ वर्षिया छोरी बिमला परियारको भारतकाे चन्डिगढमा निधन भएको हो । बिमलाको आकस्मिक रगत उल्टी गरेर मृत्‍यु भएको बताइएको छ । 
केही महिनादेखि पेट सम्बन्धि विरामी उनको चन्डिगढमा एक्कासी रगत उल्टी गरेर मृत्‍यु भएको हो । 
बिमलाले यस वर्षको  एस्ईई परीक्षा दिएर आफ्ना बाबुसँग भारत गएकी थिईन् । 
उता बिमला नाच्ने, गाउँने कलाकारिता पनि गर्दै आएकी थिईन् । 

अन्य समाचारहरु