जलुकेको लावाताल सितखोलामा काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा  सुधार ल्याउन  नसकेको बताउनु भएको छ ।
 नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तरगत शितगंगा नागरपालिकाको जलुकेको लावातालको सितखोलामा भएको हिमाल, पहाड, तराई मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा नेता भुसालले बर्तमान सरकारले नयाँ काम गर्न नसकेको बताउनु भएको छ ।
 नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु खानल मुस्कानले जनजागरण अभियानले कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
  
कार्यक्रममा पुर्व सभापति कमल भुसाल, जिल्ला सचिब छबिलाल पौडेल, बिष्णु भुसाल पुर्व सचिब लोकेन्द्र बिक, महासमििित सदस्य सुर्य अधिकारी, केशब श्रेष्ठ, यादब घिमिरे,  पुर्वकोषाध्यक्ष हरि बहादुर खड्का जिल्ला सदस्य पिताम्बर खनाल, महासमिती सदस्य केशव श्रेष्ठ,  जिल्ला सदस्य जुन बहाद्र पुलामी, बाबुराम भुसाल, हेमन्त बेल्बासे, बिष्णु क्षेत्री, शितगंगा नगरपालिका संयोजक मोती बेल्बासे, बिमल गरौजा, नेपाल बिद्याथी सघका अध्यक्ष भरत भटराई लगायतले प्रशिक्षण दिएका थिए । 
कार्यक्रम नेपाली काँग्रेस जलुकेका वार्ड सभापति गिरी बैजालीको अध्यक्षता र  प्रदिप घतीमगरको संचालनमा सम्पन्न  भएको थियो ।

अन्य समाचारहरु