अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सुपा देउरालीमा दर्शन गरेर फर्कँदै गरेको बस दुर्घट्ना भएको छ ।
बस दुर्घट्नामा १५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ ।
सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटा (सुपा खाेला पुलमा) मा दुर्घट्ना भएको हो । बसमा रुपन्देहीकाे माेतिपुरबाट सुपादेउराली दर्शन गर्न आएका यात्रुहरु मात्र थियो ।
घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिएको छ । गम्भिर ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बस सडकको भित्तामा ठोक्किएको छ । ब्रेक फेल भएर दुर्घट्ना भएको बताईपनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।