छत्रगन्जका आगलागी र मृगौला पिडित बालिकालाई आर्थिक सहयोग रकम हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगन्ज,  अर्घाखाँची  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर – ८ छत्रगन्जका बिपन्न परिबार तथा  आगलागी पीडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आगलागी पीडितलाई छत्रदेव बल्कोट सम्पर्क समाज यु.ए.ई र अर्घाखाँची सम्पर्क समिति यूएईको पहलमा संकलन भएको ३० हजार रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
गोपाल रिजालको घर गोठ गत बैशाखमा आगलागी हुँदा जलेर नष्ट भएको थियो ।  
यस्तै छत्रदेव बल्कोट सम्पर्क समाज यु.ए.ई र अर्घाखाँची सम्पर्क समिति यूएईको पहलमा संकलन भएको ३० हजार रुपैया आर्थिक सहयोग रकम छत्रगन्ज धरमपानीकी दुबै मृगौला पिडित बालिका मनिषा नेपालीलाई हस्तान्तरण गरिएको छ । 
सहयोग प्रदेश सांसद चेतनारायण आचार्य र  छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

अन्य समाचारहरु