बल्कोटमा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

( प्रकासित मिती: २०७६ ज्येष्ठ ७, मंगलवार)

सुर्य भुसाल 
छत्रदेव, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटमा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
विशेष नापी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको वडा नम्बर ३ बल्कोटमा एक हजार एक सय दुई घरधुरीको नयाँ  बनेका जग्गाधनी प्रमाणपुर्जा गरेको हो ।   १६ वर्षपछि लालपुर्जा हातमा पाँउदा  स्थानीयहरु हर्षित भएका छन् ।  
जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रममा प्रदेश नम्बर ५ का सासद तथा नेकपा अर्घाखाँची का अध्यक्ष चेतनारायण आचार्यले बिकास निर्माण गर्दा सबै जिल्लाबासी एक जुट भएर जिल्लालाई नमुना बनाउने तर्फ केन्दित हुनुपर्ने  बताउनु भएको छ ।
 विशेष नापी कार्यालय अर्घाखाँचीले तयार पारेको डिजिटल लालपुर्जा स्थानिय बासिन्दालाई हस्तान्तरण गर्दै सासद आचार्यले मुलुकमा अब सबै खालका क्रान्ति पूरा भएकोले अबको पालो आर्थिक क्रान्ति भएको बताउदै पुर्जा बाकस मदुसमा नराखि बैकमा राखेर राज्यले लगाणी गर्न खोजेको सस्तो ब्याज निकाली कृर्षि फर्महरु  सन्चालन गरि बेरोजगारी समस्या समाधान तिर लाग्न युवाहरुलाई आग्रह गर्नु भयो । 
उहाले निकै मिहिनेतका साथ विशेष नापिले अर्घाखाँचीमा दुर्त गतिमा काम गरि जन्ताको लालपुर्जा बितरण गर्ने कामलाई तिब्र पारेकोमा विशेष नापीका प्रमुख खिम बहादुर राना सहितका प्राबिधिक टिमलाई धन्यवाद दिनु भयो ।
बिशेषनापीले पुर्जाबितरण अहिले तिब्र पारेको छ । कार्यक्रममा छत्रदेव गाउपालिकाका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता लेखनाथ पोख्रेलले नमुना छत्रदेब बनाउने अभियानसगै बिकासले  गाउपालिकाको मुहार फेरिएको जनताले महशुस गरेको बताउनु भयो ।
पोख्रेलले अाफुलाई  जन्ताले गरेको बिश्वास अनुसार बिकासलाई दुर्त गतिमा अगाडि बढाउने बताउदै कहिकतै चुहावट भएको थाहा पाएमा त्यस्ता ब्यक्ति वा सघ सस्थालाई छुट नदिने बताउनु भयो । उहाले  अाफुले राज्यको सम्पत्तिमा आँखा नलगाउने र लगाउनेलाई छुट नदिने बताउदै जनमुखि काम गर्न कर्मचारी लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अर्घाखाँचीको बिकास निर्माणमा अनियमितता हुन नदिने बताउदै छत्रदेबले नमुना योग्य काम गरेको बताउदै प्रसम्सा गर्नु भयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष तुल्सा देबि श्रेष्ठ प्रहरी नायब उपरीक्षक नबराज मल्ल नेकपाका नेता भबिश्वर पान्डे रामलाल पराजुली नेपाली काङ्ग्रेसका सचिब बिस्नु प्रसाद भुसाल राजमोका गोकर्ण भुसाल समाजबादी पार्टीका टोप बहादुर बलाल राप्रपाका दिपक कुवर बिबेकशिलका हरि प्रसाद भुसाल वार्ड अध्यक्ष तेज प्रसाद खनाल  पत्रकार महासघका प्रेमनारायण आचार्य लगाएतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम विशेष नापि कार्यालयका प्रमुख खिम बहादुर रानाले आगामी २ बर्ष भित्र अर्घाखाँचीको नाप नक्सा सम्पन्न गरिने बताउदै अर्घाखाँचीमा ७५ प्रतिशत काम सम्पन भईसकेको जानकारी गराउनु भएको थियो । 
कार्यक्रम साहायक क्याम्प प्रमुख कबिसिह कठायतको सन्तालनमा सम्पन्न भएको हो । १७ बर्ष पछि लालपुर्जा पाउँदा स्थानिय अत्यान्तै हर्षित भएका थिए । सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । 

अन्य समाचारहरु