सन्धिखर्क नगरपालिका ९ का वडाअध्यक्षलाई पत्नी शोक

सुर्य भुसाल
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.९ का वडाअध्यक्षलाई पत्नी शोक परेको छ । 
अर्घाको नाैलापानीका तथा सन्धिखर्क नगरपालिका वडा नं ९ का वार्ड अध्यक्ष तथा नेकपाका नेता देवबहादुर रायमाझीकी श्रीमति पुष्पा रायमाझीको ५४ बर्षकाे उमेरमा उपचारकाे क्रममा काठमाडौंमा निधन भएकाे छ । 
निधनपछि पुष्पाकाे पार्थिव शरीरलाई जिल्लामा ल्यायर बाँगी खाेलाकाे किनार आतेकासाउँमा अन्तिम श्रर्दान्जली दिइएको थियो । श्रर्दान्जली कार्यक्रममा  नेकपाका ५नं. प्रदेश सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार वि .क .ले पार्टीको झण्डा ओडाएर अन्तिम श्रर्दान्जली दिनु भएकाे थियाे ।
श्रर्दान्जली दिन नेकपाका नेता ५ नं.प्रदेश सदस्य पिताम्वर भुसाल, छमकुमारि खनाल, ताेज बहादुर रायमाझी लगायत नेकपा जिल्ला नेताहरू , जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरू, सन्धिखर्क नगरपालिका अन्य वार्डका जनप्रतिनिधि तथा कर्मचारीहरू, स्थानीय दाजुभाइ आफन्तजनहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । 
उहाँकाे मृत्युुले पार्टीलाई अपुर्णनीय क्षतिभएकाे सचिव ठाकुर कुमार बि क किशाेरले बताउनु भयो । श्रर्द्धान्जली दिन उपस्थित सहभागिहरूलाई दाजुभाइकाे तर्फबाट आफुहरू अनुग्रहित बनेकाे बताउदै बल बहादुर रायमाझीले पुष्पा रायमाझीले समाज रूपान्तरणका लागि खेलेकाे भुमिका सारै अनुकरणीय भएको बताउनु भयाे । 
युद्ध कालमा छाेरीलाई युद्ध भुमिमामा पठाउने शाहसिक अभिभावक जसको साथले घर गाउँ समाज उठेकाे उहाँले बताउनु भयाे । उहाँलाई सहभागी सबैले श्र्रद्धान्जली र शाेकाकुल परिबारजनमा गहिराे समवेदना ब्यक्त गरेका छन् । उहाँकाे एक मात्र छाेरा लक्ष्मण रायमाझी र ३ छाेरीहरू रहेका छन् ।

अन्य समाचारहरु