सन्धिखर्कमा ठिकसँग काम नगर्ने कसैलाई छुट नदिने, भुक्तानी रोकिदिने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको चेतावनी

प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली
डिवी खनाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले पार्दर्सि र गुणस्तरीय काम नगर्ने कुनै पनि ब्यक्तिलाई छुट नहुने र त्यस्तो गरेको अनुगमनमा भेटिए आफुले भुक्तानी नदिने बताउनु भएको छ ।
सर्बाधिक लोकप्रिय अनलाइन अर्घाखाँची डटकमसँग कुराकानी गर्दै ज्ञवालीले आफुले नगरबाट सन्चालित योजनाहरुको अनुगमन गरिरहेको बताउदै उहाले नगरपालिका भित्रका योजनाहरुमा कुनै गुनासोहरु भएमा आफुलाई जानकारी गराउन आग्रह गर्नु भयो ।
१२ वार्डहरुमा आफु आउदा देखि भएका तथा भुक्तानी दिन बाँकी रहेका योजनाहरुको अहिले पनि अनुगमन गरेर मात्रै गुणस्तरीय काम छ या छैन प्राबिधिकहरुको रिपोर्ट हेरेर भुक्तानी दिने गरिएको ज्ञवालीको भनाइ छ । उहाले कुनै पनि ठेक्का पट्टाको काम गुणस्तरीय नभएको खन्डमा कन्ट्याक्ट्को धरौटी र‍ोक्का गरेर पुन काम गराउने बताउनु भयो ।
डटकमसँगको बिशेष कुराकानीमा ज्ञवालीले नगरपालिका भित्र गौरवका योजनाहरु सन्चालन भएको र काम पनि दुर्तगतिमा अगाडि बढेको दावी गर्नु भयो । उहाले सन्धिखर्कमा प्रयाप्त खानेपानी ब्यबस्था मिलाउन गर्लामको खानेपानी योजना सन्धिखर्कमा जताततै पार्क निर्माण शान्ति बगैचा आधुनिकरण सिटी भ्यु-टावर गगासरोबरमा डुङगा सन्चालन, अर्घा दरवार सिढी निर्माण, खाचिकोट दरबार निर्माण जस्ता गौरवका योजनाहरुको दुर्त गतिमा काम भईरहेको र केही सम्पन्न हुने तैयारीमा रहेको बताउनु भयो ।
ज्ञवालीले कर्मचारीहरुलाई समेत मुस्कान सहितको सेवा दिनका लागि नगरपालिका भित्र हेल्प डेक्सको स्थापना गरिएको बताउदै सन्धिखर्कमा रहेको फोहोरलाई व्यवस्थापन गर्न उपयुक्त डम्पिङ साईटको आबश्यक्ता रहेकोमा जोड दिदै त्यसको ब्यबस्थापनका लागि पहल भईरहेको बताउनु भयो ।
ज्ञवाली आएपछि नगरपालिका भित्रको प्रशासनिक कार्य पुरै सुधार भएको छ । ज्ञवाली स्थानिय बिकास मन्त्रालय हुँदै विभिन्न नगरपालिकाको प्रमुख बनी अनुभबि प्राप्त निकै सालिन भद्द कुसल प्रशासकको रुपमा चिनिन्छन । 

अन्य समाचारहरु