अर्घाखाँचीडट्कम संवाददाता
खाचिमैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.७ को खाँचीकोटको मैदानमा जेष्ठ नागरिकहरूलाई परिचय-पत्र बितरण तथा स्वास्स्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको मैदानमा जेष्ठ नागरिकहरूलाई परिचय-पत्र बितरण तथा स्वास्स्थ परिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।
कार्यक्रममा दर्जनौ जनालाई जेष्ठ नागरिकहरूलाई परिचय-पत्र बितरण गरिएको थियो । यस्तै स्वास्स्थ परिक्षण कार्यक्रममा नि:शुल्क औषधी वितरण गरिएको थियो ।