प्रेमनाराण आचार्य
छत्रदेव, अर्घाखाँची जेष्ठ ९ । अर्घाखाँची सहित प्रदेश नम्बर–५ का सबै स्थानिय तहमा बाणिज्य बैंक पुगको छ । यो संगै प्रदेश नम्बर–५ सबै स्थानिय तहमा बाणिज्य बैंक पुग्ने पहिलो प्रदेश पनी बनेको छ ।
प्रदेश–५ का १ सय ९ ओटै स्थानिय तहमा बाणिज्य बैंक पुगेका छन । रोल्पाको सुनछहरी गाँउपालिकामा एसबिआई बैंकले शाखा खोलेपछी प्रदेश–५ का सबै स्थानिय तहमा बाणिज्य बैंक पुग्न सफल भएको हो ।
अर्घाखाँचीका ६ वटा स्थानिय तहमा पनी यसअँघीनै बाणिज्य बैंकले शाखा खोलिसकेका छन ।
सन्धिखर्क नगरपालिका जिल्लाको सदरमुकाम भएकाले थुप्रै बैंकहरु सन्धिखर्कमा छन । राष्ट्रिय बाणिज्य बैंक, एभरेस्ट बैंक, एसबिआई बैंक, कृषी बिकास बैंक लगायतका थुप्रै क बर्गका बैंकहरु सन्धिखर्कमा रहेका छन ।
यस्तै भुमिकास्थान नगरपालिकामा सेन्चुरी बंैक, शितगंगा नगरपालिकामा कृषी बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, मालारानी गाँउपालिकामा सेन्चुरी बैंक, मेगा बैंक, पाणिनी गाँउपालिकामा जनता बैंक, छत्रदेव गाँउपालीकामा नेपाल बङ्गलादेश बैंकले शाखा विस्तार गरेका छन ।