सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम्) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मासु ब्यबसायीहरुको मर्का बुझेर ब्यवस्थित सफा ताजा मासु उत्पादनका लागि बधशाला निर्माण गर्न लागिएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को डाँडा भन्ने ठाउँमा बन्न लागेको बधशालाको सिल्यान्यास गर्दै नगरप्रमुख भुसालले हराभरा सन्धिखर्क सफा सन्धिखर्क बनाउने अभियान अन्तर गत यो बधशाला निर्माण हुन लागेको बताउनु भयो ।
उहाले नगरभित्र अब कुखुरा पालन खसी बोका पालन गाई भैंसी पालन गर्ने किषानलाई नगरपालिकाबाट अनुदान बितरण गरिएको बताउदै बिकासमा जुट्न सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले बधशालाबाट मासु ब्यबसायीहरुले ठुलो फाईदा लिन सक्ने बताउदै सफा सव्छ मासु बिक्रि बितरण गर्न आग्रह गर्नु भयो ।
अनुगमन समितिका संयोजक समेत रहनु भऐका उपप्रमुख बिकले अहिले पनि बजारमा मासु पसल ब्यबस्थित हुन नसकेको बताउदै ब्यबस्थित नहुने मासु पसल बन्द गरिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालि वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी नगरसदस्य लक्ष्मण पराजुली सुस्मा श्रेष्ठ नगरपालिकाका प्राबिधिक नारायण पोख्रेल बधशाला निर्माण समितिका अध्यक्ष योगेन्द्र खड्का मासु ब्यबसायी पुण सुनार पत्रकार महासघका अध्यक्ष हिम जिसि निर्माण ब्यबसायी कृस्न बस्याल लगायतका स्थानियबासीको सहभागीता रहेको थियोे ।
सिल्यान्यास वार्ड नम्बर 2 का अध्यक्ष मोतिजग रायमाझीले विधि पुर्वक पुजा आजा गरि जग बसाल्नु भएको थियोे ।