पीडितहरुले जवर्रजस्ती करणी नपरेको दावी गरेता पनि थुनामा रहेका प्रेम खड्का
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पीडितहरुले जवर्रजस्ती करणी नपरेको दावी गरेता गरिरहेको बेला उक्त प्रकरणलाई लिएर अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले जारी गरेको बिज्ञप्तीमा नेपाल महिला संघ अर्घाखाँचीले घोर आपत्ती तथा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला संघ अर्घाखाँचीले सञ्जालका अध्यक्ष र सचिवको निजी विचार भएको पुष्टि गरेका छन् ।
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेले एकलौटी ढंगले प्रेस विज्ञप्ती जारी गरेको भन्दै नेपाल महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारी र सचिव छमा कार्कीले जारी गरेको विज्ञप्तीमा घोर आपत्ती तथा गम्भीर ध्यानाकर्षण भएको बताइएको हो । शान्ता भण्डारी अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष समेत हुन् ।
एकलौटी पुर्वाग्रही ढंगले सामुहिक छलफल र निष्कर्षबाट नभई अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेले बिहीवार निकालेको बिज्ञप्तीमा निजी विचार हो, उक्त बिज्ञप्तीमा जनाइएको छ । पीडितबाट सार्वजनिक रुपमा बाहिर आएका हुबहु, सत्य समाचार लेख्ने पत्रकार, संचारसंस्थालाई अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष र सचिवले सत्ता र शक्तीको आडमा, जबरजस्ती मुद्दा बनाएर फसाउने गरेको प्रयास प्रति पनि नेपाल महिला संघ अर्घाखाँचीले घोर आपत्ती रहेको जनाएको छ ।
सञ्जालका उपाध्यक्ष र अन्य सदस्यहरुलाई बिना छलफल जानकारी बिज्ञप्ती निकाले
महिलाहरुको सामाजिक, आर्थिक, राजनितिक लगायत साझा मुद्दालाई सामुहीक रूपमा उठान, बहस र समाधानका लागि पहल गर्ने उद्देश्य रहेको अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेले सञ्जालका उपाध्यक्ष समेत रहेको शान्ता भण्डारी र अन्य सदस्यहरुलाई पनि बिना छलफल, जानकारी नदिई अनुसन्धानलाई प्रभाव पर्ने किसिमले, संचारमाध्यम, पत्रकारलाई समेत चेतावनी दिदै बिज्ञप्ती निकालेका थिए । अर्को तर्फ अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधिहरुले जबरजस्ती करणी प्रकरणमा पीडितहरु बनाइएका महिलाको भावना नबुझी, भेट समेत नगरि बिज्ञप्ती निकालेका थिए ।
निश्पक्ष नेपाल महिला संघ अर्घाखाँचीको बिज्ञप्ती
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीका अध्यक्ष छम कुमारी खनाल चिनारी र सचिव सुशिला गैरेले सञ्जालले निकालेको विज्ञप्तीमा अनुसन्धानलाई प्रभावित पर्ने, संचारमाध्यमलाई चेतावनी दिने, बिना प्रमाण प्रेम खड्काले यसभन्दा अगाडि पनि बारम्बार आर्थिक र शारिरिक शोषण गर्दै आएको भन्दै गम्भिर आरोप लगाउने लगायतका कपोकल्पित कुराहरु उल्लेख गरिएता पनि नेपाल महिला संघ अर्घाखाँचीले भने निश्पक्ष तवरबाट सकारात्मक प्रेस विज्ञप्ती निकालेको देखिन्छ । पीडितहरुले सावर्जनिक रुपमा जवर्रजस्ती करणी नपरेको दावी गरेको अवस्थामा पक्ष, विपक्ष नलिई कसैले अनुसन्धानलाई प्रभाव पर्न नहुने र राज्यको चौथौ अंग मिडियाले यथार्थ विश्लेषण गरी आफना विचारहरु अभिव्यक्त गर्न पाउँनुपर्छ भनी उक्त प्रेस विज्ञप्ती उल्लेख गरिएको देखिन्छ ।
पीडितहरुको भने जवर्रजस्ती करणी नपरेको दावी
तर पीडित भनिएका ती महिलाका अनुसार आफुहरू दुई साथी सदरमुकाम सन्धिखर्क पुगी मालपोत तिरो पनि तिर्ने र सुपादेउराली मन्दिर दर्शन गर्ने योजनामा घरमा पनि जानकारी नदिई सदरमुकाम जाँदै गर्दा पत्रकारको रुपमा हामीले खड्कालाई चिनेको र आफुहरू सुरक्षित हुने गरी एउटा कोठाको व्यवस्था मिलाइदिन सहयोग मागेवापत वहाँले हामीलाई क्याराभान होटलको १०४ नम्वर कोठा मिलाइदिएको, त्यसपश्चात आफुहरूसँग खड्काको कुनै सम्पर्क–सम्बन्ध भएको थिएन । उनीहरूले अगाडि भने– ‘अर्को दिन हामी दुईमध्ये एकजनाले नुहाउन शुरु गरेको र एकजना सुतिरहेको बेला अन्दाजी विहान ६ बजे प्रहरीहरू आई फ्रेस समेत हुन नदिई जिप्रका पुऱ्यायो । शुरुवातमा किन र केका लागि भन्ने विषयमा आफुहरू अनभिज्ञ थियौँ । प्रहरी कार्यालयमा पुगिसकेपछि त्यहाँका उच्चपदस्थ अफिसरहरूले तिमीहरू चरित्रहीन महिला हौ, रातभर प्रेम खड्कासँग पालैपालो चरित्र गुमाएका हौ भनी आरोप लगाए । यो सुनेपछि हामी छाँगाबाट खसेजस्तै भयौँ । यो कुरा स्वीकार नगरेमा घर–परिवारमा कुरा पु¥याइदिने, सार्वजनिक रूपमा बेइजत गरिदिने भन्दै प्रहरीले धम्क्याएपछि हामी रुन थाल्यौँ । दिनभरी नै प्रहरीको त्यो धम्कीका बाबजुद हामीले प्रहरीले भनेअनुसार गर्न मानेनौँ । यसरी दिनभरी त्यत्तिकै राखेपछि विहान फ्रेससमेत हुन नपाएकी मलाई (केआरजी) राती अन्दाजी साढे दश बजे जिल्ला स्थास्थ्य अस्पतालमा लगी मेरो इच्छाविरुद्ध पुरुष डाक्टरमार्फत् मेडिकल चेक गराइयो, उनिहरुले वैशाख ३१ गते मंगलवार सार्वजनिक रुपमा बताएका थिए ।
पीडित महिलाले सार्वजनिक रुपमा बोलेका, उजुरी निवेदन दिएका कुरालाई मिडियामा प्रकासित:
अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले भने जस्तो नभएर मिडियामा पीडित महिलाले सार्वजनिक रुपमा बोलेका, उजुरी निवेदन दिएका कुरालाई मिडियामा लेखिएको देखिन्छ । पिडित महिलाहरुले छुट्टा – छुटै जिल्ला अदालत अर्घाखाँचीमा पठाएका प्रकासित बयान निवेदनहरु उनिहरुको अनुरोधमा पुन: हटाइएको थियो । यतार्थ पीडित महिलाहरुले सार्वजनिक गरेका पक्षहरु हुँबहु प्रकासित गरिएको छ । त्यहाँ बोलेका भिडियोहरु भने प्रकाशनमा लिएको छैन् । वैशाख ३१ गते मंगलवार पिडित दुईजना महिलाहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि छुट्टा – छुटै उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए । पिडितहरुले आफुहरु माथि प्रहरी प्रशासनले अन्याय गरेको भन्दै न्याय प्राप्तीका लागि मंगलवार अदालतमा उपस्थीत भई स्थानिय संघ- संस्थाका प्रतिनिधि, दलका नेता, सन्चारकर्मी र स्थानियबासीको सामु आफनो भनाई सहितको उजुरी निवेदन हस्ताक्षर गरि जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएका थिए ।
पीडित भन्छन्; प्रेम खड्का निर्दोष छन्, बिना सर्त रिहा गरि यो घटनालाई टुङो लगाउनुस् | महिला प्रतिनिधिले पीडितलाई अहिलेसम्म भेटेनन्
पीडितले बिना सर्त प्रेम खड्कालाई रिहा गरेर यो घटनालाई टुङो लगाउन शुरु देखि सावर्जनिक रुपमा बताउदै आएका र पुन: प्रहरी प्रशासन लगायत सबै पक्षलाई अनुरोध गरेका छन् । प्रेम खड्का निर्दोष छन् । प्रेम खड्का निर्दोष छन् ।
लगभग आधा महिना बढी समय हुँदा पनि चुप लागेर बसेको अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले सन्धिखर्कमा जबरजस्ती करणी प्रकरण लिएर पीडितहरु भनेर दावी गरेका महिला पीडितलाई अहिलेसम्म नभेटेको उनिहरुको भनाई छ । यतार्थ सार्वजनिक भएको छ । महिला सञ्जाल वा कुनै महिला संघ- संस्थाहरुका प्रतिनिधि, व्यक्तिहरुले अहिलेसम्म भेटेका छैन् । भेटेको थाहा छैन् । कुनै राजनीतिक दवाब र आर्थिक प्रलोवन नपरेको उनिहरुको भनाई छ ।
पीडितहरुले भने जबर्जस्ती करणी सुनियोजित षडयन्त्र हो, न्यायको लागि उजुरी निवेदन हस्ताक्षर गरि सार्वजनिक रुपमा जिल्ला हुलाक मार्फत अर्घाखाँची अदालतमा पठाएपछि पुन: मिडिया बाजी, बिज्ञप्ती बाजी नगर्न अनुरोध गरेका छन् ।
नेपाल महिला संघ अर्घाखाँची विज्ञप्ती
मितीः– २०७६/०२/१०
प्रेस विज्ञप्ती
मिती बि.सं. २०७६ साल ज्येष्ठ ८ गते अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले जारी गरेको प्रेस विज्ञप्ती प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रीक मुल्य मान्यतालाई आत्मसाथ गर्दै महिलाहरुको हक हितमा क्रियाशिल अन्तरपार्टी महिला सञ्जालले नेपालको संविधान २०७२ को हवला दिदै शान्तीपूर्वक जीवनयापन गर्न पाउँने संवैधानिक अधिकारलाई प्रवद्र्धन गर्नुको सट्टा व्यक्ती विशेषमा केन्द्रीत रही पुर्वाग्रही ढंगले व्यक्त गरेको विचार सामुहिक छलफल र निष्कर्षबाट नभई सञ्जालको नेतृत्व गर्ने नेतृत्वकर्ताको निजी विचार हो ।
नेपाल महिला संघ सम्पुर्ण महिलाहरुको हक हितमा निरन्तर क्रियाशिल महिलाहरुको ऐतिहासिक मुल प्रवाही संगठन हो । जिल्लाभरमा महिला माथी हुने दमन, शोषण र अत्याचारको विरुद्ध आवाज बुलन्द गर्दै सत्य तथ्यमा आधारित रहेर विषयबस्तुको ठोस विश्लेषण गरी आफनो विचार बेला बखत सार्वजनिक गर्दै आईरहेको व्यहोरा अवगत नै छ । सत्ता र शक्तीको आडमा केही साशक र प्रशासकले निर्भीकता पुर्वक आफनो विचार प्रवाह गर्न समेत नदिई अधिकारको दुरुपयोग गरी बाच्न पाउँने मौलिक हकको समेत कतिपय सन्दर्भमा हनन गरिएकोमा घोर आपत्ती प्रकट गर्दै यस्ता कार्य नगर्न, नगराउन ध्यानाकर्षण गराउँछौँ ।
सत्तासिन पार्टीका भातृसंगठनले कुनै पनि घटनाको यथार्थ छानबीन समेत नगरी सरोकारवाला र न्यायिक क्षेत्रमा समेत हस्तक्षेप हुने गरी आफनो विचार सार्वजनिक गर्नु खेदजनक विषय हो । सञ्जालको विज्ञप्तीमा उल्लेखित यी र यस्ता विषयबाट प्रभावित नभई सत्य तथ्यमा आधारीत रहेर सत्ता र शक्तीको दुरुपयोग नगरी अनुसन्धान गर्ने कुनै पनी कार्यमा हाम्रो संगठनको समर्थन रहेको छ । राज्यको चौथौ अंग मिडियाले यथार्थ विश्लेषण गरी आफना विचारहरु अभिव्यक्त गर्न पाउँनुपर्छ । यसरी व्यक्त गर्न पाउँने संवैधानिक अधिकारका लागी बि.सं. २००४ सालदेखी नेपाल महिला संघ निरन्तर सङघर्षशील रहेको व्यहोरा सम्बन्धीत सबैमा एकपटक स्मरण गराउँन चाहान्छौँ ।
जय नेपाल ।।।
…………………… ………………..
छमा कार्की शान्ता भण्डारी
सचिव अध्यक्ष