सुर्य भुसाल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा आफु निकै हर्सित भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० ले अर्घामा आयोजना गरेको जेष्ठ नागरिक परिचयपत्र बितरण तथा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने स्वास्थ्य परिक्षण गर्ने परिचयपत्र बितरण गर्ने जस्ता कार्यक्रमलाई नगरपालिकाले थप ब्यबस्थित गराउने बताउदै आमा बुवाको सेवा गर्नु असल छोरा छोरीको दायित्व भएको बताउनु भयो ।
उहाले नगरपालिकाको किकासका लागि आफुहरु दिनरात खटिएको अबस्थामा सानातिना आरोप लगाउनु स्वाभाविक भएको बताउदै समचारहरु बनाउदा सत्यमा आधारित बनाउन आग्रह गर्नु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले अब वार्डहरुले यस्ता खालका रचनात्मक कामहरु गर्नु पर्ने बताउदै जेष्ठ नागरिक आमा बुवाको स्वास्थ्य लाभको कामना गर्नु भयो ।
बिकले नगरपालिका बिकासको गतिमा अगाडि बढेको बताउदै नगरवासीको चाहाना अनुसारको काम गर्ने आफुहरुको दायित्व भएको बताउदै त्यो दायित्वबाट पन्छन जनप्रतिनिधिहरु नहुने बताउनु भयो । शिक्षा स्वास्थ्य रोजगारी मुलक कार्यक्रम अहिलेको मुख्य आबश्यक्ता रहेको बताउदै सबैको सल्लाह सुझाब अनुसार अगाडि बढने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगरपालिका भित्र पार्दर्सिता ल्याउनका लागि आफुले अनुगमन नगरि योजनाहरुको भुक्तानी नगर्ने बताउदै नगरको बिकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष लक्ष्मि नारायण चुदाली ले वार्ड नम्बर १० भित्रका हरेक योजनामा गुणस्तरीय काम नगरे भुक्तानीका लागि सिफारिस नगरिएकोले अनुगमन गरेर मात्रै योजनाको भुक्तानी सिफारिस गरिएको बताउनु भयो ।कार्यक्रममा स्थानियबासी जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।