सुर्य भुसाल
रजिया, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीले आयोजना गरेको जागरण अभियान अन्तरगत शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको रजियामा सम्पन्न भएको छ । जागरण अभियान कार्यक्रममा दर्जन बढी नेकपाका समर्थकहरु पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता दीप कुमार उपाध्याय, नेपाली काङ्ग्रेसका नेता, रेवती प्रसाद भुसाल, जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान लगायतका नेताहरुले काङ्ग्रेसमा प्रबेस गर्ने नब प्रबेसीहरुलाई पार्टीको सदस्यता प्रदान गरि नेपाली काङ्ग्रेसमा स्वागत गर्नु भएको छ ।
जनजागरण अभियानमा नेपाली काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । यस्तै
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला पदाधिकारी जिल्ला सदस्यहरु महासमिति सदस्यहरु महाधिबेसन प्रतिनिधिहरु भातृ सस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागीता थियो ।