अभिनव चौहान
चुत्रावेशी, अर्घाखाँची, १० ज्येष्ठ । चुत्रावेसीको जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क अर्घाखाँचीमा आज पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कबाट अभ्यास शिक्षणका लागि गएका विद्यार्थीहरुको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अभ्यास शिक्षणमा तोकिएको अतिरिक्त क्रियाकलापलाई पुरा गर्नको लागि हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको होे ।
प्रतियोगीतामा सदिच्छा चुँदालीको लालीगुराँस (क) सदन प्रथम , ऋषि कुँवरको देवकोटा ( क ) सदन द्वितीय , विकाश खनालको सगरमाथा (ख) सदन तृतीय र हिमा सारु मगरको देवकोटा (ख) सदन शान्तोना भएका हुन ।
कार्यक्रममा आशा भुसाल,गीता पौडेल , कृष्णा भुसाल, हरिकला नेपाली , सरिता भट्टराई , सिर्जना पोख्रेल , शारदा के.सि., अनिता खनाल , कुसुम खनाल, चन्दा थापा र रोमा अधिकारी लगायतका शिक्षण अभ्यासमा खटिएकाका शिक्षकहरुको विशेष सहयोग रहेको थियो ।
कार्यक्रम विद्यालयका प्र अ पशुपति भुसालको प्रमुख आतिथ्यता, अभिनव चौहानको अध्यक्षता सरस्वता अधिकारिको स्वागत मन्तव्य र सुनिल खनालको संचालनमा सम्पन्न भएको हो ।