पटौटीको श्री देबि प्रभाब माबीमा विविध अक्षयकोष तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
पटौटी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड ४ पटौटीको श्री देबि प्रभाब माबी पटौटीमा विविध अक्षयकोष तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । 
बाल क्लब र जुरेस गठन शिक्षक शंकर अधिकारीको ब्यबस्थापन तथा शिक्षक खगेन्द्र पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व प्रअ हरि प्रसाद घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अथिती विद्यालय ब्यबस्थापन समिति अध्यक्ष हरि प्रसाद घिमिरेले बिद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रममा शिक्षक अर्जुन घिमिरेले स्वागत मनतब्य तथा वडा सदस्य सालिकराम घिमिरेले मन्तव्य दिनुभएको थियोे ।
बिद्यालयमा नन्दराम स्मृति अक्षयकोसदाता हिमकला बेल्बासेबाट चियापानको ब्यबस्था गर्नुभएको थियोे । मित्रलक्ष्मी अक्षयकोस र पुनराम स्मृति कोष दाता तथा सम्पुर्ण अभिबावकको उपस्थितिमा अबिभाबक शिक्षा कार्यक्रम समेत सम्पन्न भएको छ ।

अन्य समाचारहरु