सिमलपानीको बाहुनखर्कमा कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सम्पन्न (तस्बिर सहित)

सुर्य प्रसाद भुसाल / बिष्णु प्रसाद भुसाल
सिमलपानी, अर्घाखाँची जेष्ठ ११ ।  नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान आज अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीको बाहुनखर्कमा  सम्पन्न भएको छ । गत बैशाख २५ गतेबाट कंग्रेसलाई जागृक गराउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान अन्तरगत अर्घाखाँची काङ्ग्रेस को अभियान गाउँ केन्दित बनेको नेता बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । 
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा काम गरिरहेको आरोप लगाउनु भयो । उहाले जनताले दुइ तिहाइको सरकारबाट धेरै अपेक्षा राखेपनि जनताको आशा निरासामा परिणत भएको बताउनु भयो । उहाले बर्तमान सरकार  भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो । 
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा  सुधार ल्याउन  नसकेको बताउनु भएको छ ।   उहाले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सभापति बरिस्ठ नेता कमल प्रसाद भुसाल लगाएतले गाउँ गाउमा सगठन बिस्तार लाई तिब्र पार्न स्थानिय नेताहरु लाई अाग्रह गर्नु भयो ।कार्यक्रममा जिल्ला उपसभापति शान्ता भन्डारि  जिल्ला सचिब छबिलाल पौडेल,सचिब  विष्णु भुसाल,पुर्व शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी क्षेत्रीय सभापति तथा पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम माहासमिति सदस्य  केशव श्रेष्ठ, यादव प्रसाद घिमिरे जिल्ला  सदस्य लोकेन्द्र बिक नेत्रप्रसाद भट्टराई तारा प्रसाद श्रेष्ठ हेमन्त बेल्वासे माधब प्रसाद पौडेल,सङगिता बेल्बासे चन्द्रा गैरे  नगर सभापति मोती बेलवासे,नेपाल तरुण दलका अध्यक्ष नारायण खड्का ,  लगाएतका नेताहरुले सगठन बिस्तार पार्टीको जनजागरण अभियान को महत्त्व का बारेमा प्रशिक्षण दिनु भएको थियोे   । 
कार्यक्रममा   विभिन्न पाटी परितयाग नेपाली कांग्रेसमा प्रबेस गर्ने हरुलाई पार्टीको सदस्य ता प्रदान गरि नेता हरुले काङ्ग्रेस मा स्वागत गरेका थिए ।काङ्ग्रेस मा प्रबेस गर्ने को लहर चलेको नेताहरु ले बताएका छन भने गाउमा पुगेका काङ्ग्रेस नेता कार्यकर्ता हरले स्थानिय ठाउमा भब्य स्वागत गरेका छन भने उपस्थिति उल्लेखनीय छ । कार्यक्रम स्थानिय सभापति नुन बहादुर बिसि को सभापति त्वमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु