सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको लंका

यातायात प्रालिले आफ्नो सेवालाई थप व्यवस्थित भरपर्दो बनाउदै अगाडि बढिरहेको छ ।
जिल्लामा नै पहिलोपटक प्रालिमा दर्ता गरेर अर्घाखाँची कपिलवस्तु रुपन्देहीमा सेवा पुराउदै आएको लंका यातायातमा अहिले ६५ वटा गाडीले सेवा दिईरहेको लंका यातायात प्रालिका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनु भयो । अहिले गुल्मि पुर्कोट दह लगायतका अर्घाखाँचीका अधिकाम्स ठाउँमा सेवा दिदै आएको लंका यातायातले अहिले सन्धिखर्क कपिलवस्तु हुँदै रुपन्देही गुणस्तरीय भरपर्दाे सेवा दिन लागेपछि अहिले लंका यातायातमा यात्रुहरुको निकै चाप बढेर गएको छ ।
बिहान छुटेका गाडीहरु रुपन्देहीबाट बेलुका सन्धिखर्क आउने भएपछि यात्रुहरु बिहान जाने दिनभर बुटवलमा काम गर्ने र बेलुका त्यहि गाडीमा फर्कनेको संख्या झन बढेर गएको अध्यक्ष भुसालले बताउनु भयो ।का लागि ईस्कार पियो गाडीबाट सेवा दिदै आएको छ ।
लंका यातायातले अब छिटोभन्दा छिटो हाईस गाडी सन्चालनमा ल्याउने तैयारी गरिरहेको छ । जिल्लामा सेवा दिने यातायातको केन्द्रीय कार्यालय अर्घाखाँचीमा रहेको यो पहिलो प्रालि हो ।