डिभर्नामा जेष्ठ नागरिक परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण (तस्बिर सहित)

विक्रम पाण्डे समान्ता 
डिभर्ना, अर्घाखाँची जेष्ठ १२ ।  अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका वडा नं. १२ डिभर्नामा आज एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको छ । 
वडा भित्रका ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजना तथा १२ नं. वडा कार्यालयको समन्वयमा उक्त कार्यक्रम गरीएको हो । 
वडा भित्रका ६० वर्ष पुगेका २१२ जनाले जेष्ठ नागरिकको परीचय पत्र लिए भने उनीहरुको स्वास्थ्य परीक्षण समेत गरीएको थियो । वितरण कार्य औपचारीक कार्यक्रम पश्चात सुरु गरीएको थियो । 
६० वर्ष उमेर पुगेर पनि आफुसँग जेष्ट नागरिकको परीचय पत्र नहुँदा राज्यबाट विभिन्न समयमा उपलब्ध गराइने सेवा सुविधाबाट कोहि पनि बन्चित हुन नपरोस् भन्ने उद्धेश्यले यो कार्यक्रम गरीएको १२ नं. वडा अध्यक्ष नारायण खड्काले बताए । 
कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , सदस्य नारायण बस्यालको स्वागत मन्तब्य तथा वडा सचिव अनन्त पोख्रेको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ , नगरपालिका महिला शाखाकी प्रमुख बेल कुमारी परियार , वडा सदस्य बाबुराम बस्याल , हिमकला टमटा लगायतको उपस्थिती रहेको थियो ।
नगरपालिकाले आप्ःनो नगर कार्ययोजना मै राखि नगरपालिका भित्रका १२ वटै वडामा यो कार्य गरीरहेको छ ।

अन्य समाचारहरु