बाँगीमा नवदिप युवा क्लबको क्यालेन्डर बिमोचन तथा डस्बिन कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
बाँगी जेठ १३  । नवदिप युवा क्लब मालारानी-५ बाँगीको आयोजना मा बिगतको बर्ष मा जस्तै यस बर्षमा पनि  क्यालेन्डर बिमोचन तथा डस्बिन कार्यक्रम आइतबार सम्पन्न गरेको थियो ।  कार्यक्रममा मालारानी-५ का वडा अध्यक्ष शोभाखर भुसालले युवा विकासको मेरुदण्ड भएको बताउनु भएको हो ।
वडा अध्यक्ष शोभाकखर भुसालको प्रमुख आथित्यता, क्लब का अध्यक्ष सुर्य कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा वडामा  भएका विभिन्न विद्यालय  लाई डस्बिन हस्तान्तरण गरिएको थियो। जसमा ज्ञानदिप आधारभुत विद्यालय बजेरी लाई ६ वटा,नवज्योती आधारभूत विद्यालय आरुखोर लाई ४ वटा, नरसिंह आधारभूत विद्यालय कुजेरी लाई २ वटा धुर्वतारा बाल विकास विद्यालय प्युडाडा लाई २ वटा,सुर्यदोय बाल विकास विद्यालय टारी लाई २ वटा, स्वास्थ्यचौकी लाई ३ वटा, तथा वडा न ५ को कार्यलयलाई २ वटा हस्तान्तरण गरिएको थियो । 
क्लबले नयाबर्ष २०७६ को अबसर मा प्रकाशित गरेको क्यालेन्डर वडा अध्यक्ष शोभाखर भुसाल  ले बिमोचन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै भुसालले युवा विकासको मेरुदण्ड भएको बताउनु भएको हो ।   मालारानी का युवाहरु को  विकासमा  अहम भूमिका भएको बताउनु भएको छ। आगामी दिनमा मन वचन र कर्मले सयोग गर्ने  प्रतिबद्धता समेत जनाउनु भएको हो । केशब कुँवरको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु