अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित चुत्राबेसीमा जीप दुर्घट्ना भएको छ ।
चुत्राबेसीको बागीखोलामा बा.१२ च. ८९६० को महेन्द्र जीप दुर्घट्ना भएको हो । जीप दुर्घट्नामा पर्खालको ढुङ्गाले लागेर २ जना घाइते भएका छन् । घाइते आमा छोरी घरको पिडिमा बसेका थिए ।
जीपका चालकले मदिरा सेवन गरेकाले जीप दुर्घट्ना भएको प्रहरीले बताएको छ । जीप पर्खालमा ठोक्किएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।