कोरियामा वाङ्लाको म्यालपोखरीका एक युवाको निधन

स्व. मधु सुदन श्रेष्ठ

अर्घाखाँचीडट्कम संवाददाता
सोल, कोरिया (अर्घाखाँचीडट्कम) । कोरियामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ वाङ्लाको म्यालपोखरीका एक युवाको निधन भएको छ । 
कोरियाको राजधानी सिओल देखि अन्दाजी १ सय ४० किमीको दुरीमा रहेको शहर छुङछङबुक्दो छङजुसीको हुङदककु स्थित एक कम्पनीमा कार्यरत वाङ्लाको म्यालपोखरीका मधु सुदन श्रेष्ठ सोमबार विहान सुतेकै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनीलाई खाना सँगैको प्लेट नजिक मृत फेला परेका थिए । 
आईतबार राती सहकर्मीहरुसंगै खाना खाएर सुतेका ३१ वर्षीय श्रेष्ठ विहान काममा जाने समय सम्म पनि नआएपछि कोठामा हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृतकको शब स्थानिय अस्पतालमा लगेर राखेको छ । 
मृतक श्रेष्ठ ईपीएस मार्फत ७ बर्ष ६ महिना अगाडि कोरिया आएका थिए । श्रेष्ठ हाल छुङछङबुक्दो छङजुसीको हुदङककु स्थित पुरानो कपडाको सुरेगी बनाउने काम गर्ने कम्पनीमा कार्यरत थिए। उनको कम्पनीमा अहिले ३ जना नेपालीहरु रहेका छन्।
श्रेष्ठका घरमा श्रीमती र एक छोरी रहेका छन्। घटना कसरी भयो भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको कोरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी डिल्लीराम वास्तोलाले बताए ।     
श्रेष्ठको शव छुङछङबोग्दोस्थित एक स्थानीय अस्पतालमा राखिएको र घटनाका विषयमा श्रेष्ठको परिवारलाई जानकारी गराएर आवश्यक प्रक्रिया थालिने कोरियास्थित नेपाली दूतावासले जनाएको छ।

अन्य समाचारहरु