अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकै बोलेरो जीप दुर्घटना भएको छ ।
दाङको तुल्सिपुरबाट सुपादेउराली दर्शन गर्न भक्तजनहरु लिएर आएको भे.१ च. १४६१ बोलेरो जीप भएको हो ।
जीप ब्रेक फेल हुँदा मन्दिर नजिकै रहेको शौचालयमा ठोक्किन पुगेको बताइएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।