भुमिकास्थानमा बिद्युत प्राधिकरण अर्घाखाँचीद्धारा निशुल्क मिटर बितरण

Image result for विद्युत प्राधिकरण अर्घाखाँची

श्याम घिमिरे 
नुवाकोट, अर्घाखाँची जेठ १४   ।  नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने पुर्ब निर्धारीत कार्यक्रम अनुसार मंगलबार जिल्लाको भुमिकास्थान नगरपालीकामा २० जना ग्राहकहरुलाई निशुल्क मिटर बितरण कार्य सम्पन्न गरेको छ । 
कार्यक्रम प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुमिकास्थान नगर प्रमुख रेशम थापाले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिएकोमा नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीका निमित्त केन्द्र प्रमुख ईन्जिनियर साधन बहादुर एैडी, लेखापाल छबिलाल पन्थी,बिष्णु पाण्डे,भक्त भेडी,दामोदर खनाल,मुकेश निराला,कृष्ण श्रेष्ठ लगाउतको उपस्थिति रहेको थियो । प्राधिकरणले जिल्लाका सबै पालीकामा अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिन जनाएको छ ।
गत चैत्र ४ गते सम्म कार्यालयमा रित पुर्बक निबेदन दिएकाहरुलाई बिद्युत मिटर र सेबा शुल्क गरी रु २६ सय बराबरको निशुल्क मिटर जडान गर्ने प्राधिकरणका प्रमुख बिरमान रास्कोटीले जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु