श्याम घिमिरे
सन्धिखर्क, जेठ १५ अर्घाखाँची – नेपाल अर्बुदरोग निवारण संस्था अर्घाखाँची र सन्धिखर्क नगरपालिका ३ नं.वडा कार्यालयको संयुक्त आयोजनामा मंगलबार सन्धिखर्कमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व धुम्रपान रहित दिवसको पुर्व सन्ध्यामा आयोजित प्रतियोगीतामा सन्धिखर्क नगरपालिका भित्रका बिभिन्न १२ वटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागीता रहेका थियो ।
धुम्रपान त्यागौं ,स्वस्थ्य जीवनशैली अपनाऔं ,क्यान्सर रोग लाग्न बाट बचौं भन्ने शिर्षकमा बिद्यार्थीहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले कार्यक्रम सफलताको कामना सहित क्यान्सर रोग निवारण संस्थालाई हरपल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडानं. ३ का अध्यक्ष लिलाराम गौतम ,शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुली,लगायतले मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगीतामा सन्धिखर्क ग्रिन ईङ्गलीस बोर्डिङ्गकि छात्रा सुभेच्छा खनाल प्रथम ,गौरि शंकर ईङ्गलिस बोर्डिङ्ग स्कुलकि छात्रा एलिना पाण्डे द्वितीय र जनज्योती माविका छात्र विवेक आचार्यले तृतिय स्थान प्राप्त गरेका थिए । विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान समेत गरिएको हो ।
संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता नारायण पौडेलको स्वागत मन्तब्य र द्रोण भुसालको सन्चालन सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकृत चोपलाल बेल्वासे , स्वास्थ्यकर्मि रामप्रसाद गौतम , र पत्रकार हिम जिसी लेकालीले निर्णायक मण्डलको भुमिका निर्बाह गर्नुभएको हो ।