केरुङ्गाको राशिपमा कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
केरुङ्गा, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान आज अर्घाखाँचीको छत्रदेव गाउपालीका वडानं ४ केरुङ्गाको राशिपमा सम्पन्न भएको छ  । 
गत बैशाख २५ गतेबाट कंग्रेसलाई जागृत गराउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान अन्तरगत अर्घाखाँची काङ्ग्रेस को अभियान गाउँ केन्दित बनेको  र गाउ का जन्ता काङ्ग्रेस को कार्यक्रम मा उत्साहित का साथ उपस्थित भएको नेता बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा काम गरि सरकार भष्टचार मा लिप्त भएको  आरोप लगाउनु भयो । उहाले जनताले दुइ तिहाइको सरकारबाट धेरै अपेक्षा राखेपनि जनताको आशा निरासामा परिणत भएको बताउनु भयो । उहाले बर्तमान सरकार  भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो । 
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा  सुधार ल्याउन  नसकेको बताउनु भएको छ ।   उहाले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सभापति पिताम्बर सर्मा भुसाल  लगाएतले गाउँ गाउमा सगठन बिस्तार लाई तिब्र पार्न स्थानिय नेताहरु लाई अाग्रह गर्नु भयो ।कार्यक्रममा जिल्ला उपसभापति शान्ता भन्डारि  जिल्ला सचिब छबिलाल पौडेल,सचिब  विष्णु भुसाल,माहासमिति सदस्य  केशव श्रेष्ठ, माहासमिति सदस्य डाक्टर जय बहादुर टन्डन नेपाल चिकित्सक सघका केन्द्रीय अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठ  माहाधिबेसन प्रतिनिधि तथा छत्रदेब  गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलउपाध्यक्ष तुल्सादेवि श्रेष्ठ  जिल्ला नेत्रप्रसाद भट्टराई तारा प्रसाद श्रेष्ठ  माधब प्रसाद पौडेल,सङगिता बेल्बासे चन्द्रा गैरे सीता भुसाल मणिराम परियार क्षेत्र नम्बर १ का सभापति केशबराज कुवर सचिब तारा फुल्लेल    नेपाली काङ्ग्रेस का नेता हुमा बन्जाडे  क्षेत्रीय सभापति सरिता अर्याल नेपाल तरुणदल अध्यक्ष नारायण खड्का बिधार्थि नेता सुरज रायमाझी लगाएतका नेताहरुले सगठन बिस्तार पार्टीको जनजागरण अभियान को महत्त्व का बारेमा प्रशिक्षण दिनु भएको थियोे   ।
 कार्यक्रममा   विभिन्न पाटी परितयाग नेपाली कांग्रेसमा प्रबेस गर्ने हरुलाई पार्टीको सदस्य ता प्रदान गरि नेता हरुले काङ्ग्रेस मा स्वागत गरेका थिए ।काङ्ग्रेस मा प्रबेस गर्ने को लहर चलेको नेताहरु ले बताएका छन भने गाउमा पुगेका काङ्ग्रेस नेताहरु लाई  कार्यकर्ता हरले स्थानिय ठाउमा भब्य स्वागत गरेका छन भने उपस्थिति उल्लेखनीय छ ।

अन्य समाचारहरु