खनमा पूर्ण सरसफाइ उन्मुख घाेषणा

 सुर्य भुसाल 
खन, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका बनाउन सबै लाग्नु पर्ने प्रदेश सभासदस्य चेतनाराण आचार्यले बताउनु भएको छ । 
मालारानी गाउँपालिका वडा नं ४ खन पूर्ण सरसफाई उन्मुख घाेषणा कार्यक्रममा बोल्दै आचार्यले सरसफाई सभ्यताको प्रतीक भएको भन्दै  घोषणा गर्दा जस्तो जोस र जागर आगामी दिनमा पनि निरन्तर  दिनुपर्ने बताउनु भयो । पुर्ण सरसफाईलाई निरन्तरताको लागि खानेपानीको ब्यवस्था गर्नुपर्ने हुँदा आगामी बर्ष खानेपानीको समस्या समाधान गर्न अाफु प्रतिबद्ध भयकाे जनाउनु भयो ।
कार्यक्रममा बाेल्दै उहाँले प्रदेश सरकारले ल्यायका जनमुखि कार्यक्रम बिषयका प्रकाश पार्नुभएकाे थियाे । वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति मालारानी ४ काे पहल  लुम्विनि सामाजिक विकास केन्द्रका सहजिकरण  सुहाराकाे प्राविधिक सहयाेगमा  ४ नं.वडा पूर्ण सरसफाइ उन्मुख घाेषणा गरियकाे हाे ।
मालारानी गाउँपालिका बडा नं.४ का वडा अध्यक्ष विष्णु प्रसाद पाेख्रल काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्य , उपाध्यक्ष प्रमिला क्षेत्री ,   प्रसासकिय अधिकृत खगेन्द्रराज मरासिनि  , वडा नं. ३ कि  कार्यबाहक अध्यक्ष दिपा पाेख्रल ,    नेपाली कांग्रेसका हुम प्रसाद खनाल ,राजमाे का कृष्ण सुनार ,सुअाहारा क्षेत्रिय कार्यालयका  मङ्गलदास दुवाड ,लुम्बिनी सामाजिक बिकास केन्द्रका फील्ड संयाेजक  हरि  प्रसाद पाैडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली ,लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा स्वास्थ्य चाैकि प्रबन्धक भविश्वर खनालले स्वास्थ्य स्थितिकाे बारेमा प्रकाश पार्नु भयकाे थियाे भने वार्डकाे पूर्ण सरसफाईकाे बिषयमा  भुवन खनाल ले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।कार्यक्रममा वडा अध्यक्ष बिष्णु पाेख्रेलले पुर्ण सरसफाई अभियानकाे निरन्तरताकाे लागि सदा साथ सहयाेग जुटाई  अाफुहरू लागि रहने प्रतिबद्धता ब्यकत गर्नु भएकाे थियाे ।   
वडास्तरीय खानेपानी   सरसफाइ तथा स्वच्छता  समन्वय  समिति वडा नं .४ काे  अायाेजनामा सम्पन्न कार्यक्रममा भाेजराज रिजाल काे स्वागत  र सन्चालन सुअाहारा संस्थाकि  रमा खनालले गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा पूर्ण सरसफाइकाे क्षेत्रमा अतुलनिय सहयाेग पुर्याउने महानु भावहरूलाई प्रशंसा पत्र प्रदान गरियकाे थियाे । कार्यक्रममा हास्यकलाकार बिष्णुजि पाण्डे (माईलाबा)काे बेजाेड सांस्कृतिक प्रस्तुति रहेकाे थियाे ।

अन्य समाचारहरु