श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची जेठ १५ – गणतन्त्र दिवस २०७६ को अवसरमा सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसीमा बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ग्रीन हाउसका सुदिप भुसाल, दिपक गैरे, प्रविन पाण्डे समिना चुँदाली निर्मल भट्टराई र नाईसा बेल्बासेले प्रथम स्थान प्राप्त गरेका हुन यस्तै ब्लु हाउसका स्नेहा बन्जाडे, सुदिप थापा, प्रकाश भुसाल, सम्झना थापा क्षेत्री रजिन शाही र दिक्षान्त चुँदाली द्वित्तीय भएको जनाईएको छ ।
कार्यक्रम विधालयका प्रिन्सिपल टेक बहादुर थापाको अध्यक्षता सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालको आतिथ्यता तथा भ्ऋब् कोर्डिनेटर विशाल खनालको संयोजक्त्वमा सम्पन्न भएको हो ।
कार्यक्रम शिक्षक मोहन बिसिको संचालनमा सम्पन्न भएको सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।