अर्घाखाँचीडट्कम संवाददाता
ढाकाबाङ्ग, अर्घाखाँची । भुमिकास्थान नगरपालीका २ ढाकाबाङ्गमा रहेको स्वर्गीय शिक्षक कुलानन्द बन्जाडेको १३ औ स्मृति दिवसको अबसरमा बिद्यालय प्रथम हुने एक/एक जना छात्र र छात्रालाई पुरस्कृत गरिएको छ।
स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा बिश्व माबि ढाकावाङ्गका प्रअ जुमलाल खनाल, भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ का अध्यक्ष भोजराज खनाल, बुद्धि बहादुर थापा लगायतको उपस्थित रहेकाे थियो ।
कार्यक्रम स्वर्गीय कुलानन्द बनजाडे स्मृति प्रतिष्ठानका अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षता, चन्द बहादुर केसीको सञ्चालन र उपाध्यक्ष भुवानन्द भुसालको स्वागत मन्त्वमा सम्पन्न भएको थियो।