अर्घाखाँचीमा मेघगर्जनसहित असिना वर्षा (भिडियो तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मेघगर्जनसहित असिना वर्षा भएको छ ।

बिहीवार आएको वर्षाका कारण किसानहरुलाई राहत महसुस गरेका छन् । सन्धिखर्क लगायत गाउँ – गाउँमा आएको अविरल बर्षाका कारण पानीका भल बगेका छन् ।
यस्तै वर्षाका कारण विद्युत् अवरुद्द भएको छ ।  यस्तै गाउँ – गाउँमा बाटोहरु भत्किएका छन् ।
उता पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म रहने बताइएको छ ।
बिहीबार अर्घाखाँचीको अधिकतम् तापक्रम ३२.८ डिग्री सेल्सियस पुगेको छ ।

अन्य समाचारहरु