अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), अर्घाखाँची जिल्ला कमिटीका सदस्यहरूकाे सपथग्रहण समाराेह तथा प्रथम पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा),अर्घाखाँची जिल्ला कमिटीका सदस्यहरूलाई अध्यक्ष चेत नारायण आचार्यले सपथग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रम तथा प्रथम पुर्ण बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताएका छन् । सामन्ती राजसंस्थाको अन्त्य ,गणतन्त्रको स्थापना ,जनसंविधानको निर्माण र तिनवटै तहको निर्वाचन सम्पन्न भए सँगै जनता अधिकार सम्पन्न भएको भन्दै उनिहरुले बिकास र सम्बृद्धिको माध्यम बाट जनताको जीवन स्तर माथि उठाउने बताए ।

उनिहरुले राष्ट्रियताको रक्षा ,जनअधिकारको ग्यारेन्टी ,सामाजिक न्याय ,वर्गविभेदको अन्त्य ,बिकास र सम्बृद्धि लाई अंगिकार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थापना केबल चुनाव जित्न र सरकार बनाउनको लागि मात्र नभएको भन्दै नेताहरुले मुलुकका दुईवटा ठूला कम्युनिस्ट पार्टी बीचको एकता सम्बृद्ध राष्ट्र निर्माण र नेपाली जनताको सुनौलो भबिस्य निर्माणको लागि भएको दाबी गरे । कम्युनिस्ट पार्टीको सदस्य हुनु आफैमा गौरव भएको भन्दै उनिहरुले कार्यकर्ता तथा नेताहरुमा उच्च नैतिक आचरण,त्याग, समर्पण ,सामुहिकता र बलिदानको भावना हुनुपर्नेमा जोड दिए । वर्तमान सरकारले देश र जनताको पक्षमा असंख्य काम गर्दागर्दै पनि केही देशि तथा बिदेशी तत्वहरु सरकाको बर्खिलापमा लागेको उनिहरुको आरोप थियो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा),अर्घाखाँची जिल्ला कमिटीको प्रथम पुर्ण बैठक चेत नारायण आचार्य अध्यक्षतामा बसेको थियो ।