मधुसुधन पाण्डे
छत्रगन्ज अर्घाखाँची ज्येष्ठ १७ गते । छत्रदेव गाउँपालिका अर्घाखाँचीमा प्राथमिक उपचारसम्बन्धी तालिम आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाले ४ दिने प्राथमिक उपचार तालिम आज एक कार्यक्रममार्फत सुभारम्भ गरेको छ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काको प्रमुख अतिथ्यताबाट सुरु भएको कार्यक्रममा , छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल ,५न.प्रदेशका नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष शम्भुप्रसाद पोख्रेलको विशिष्ट आतिथ्यता तथा , छत्रदेव गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत भेषराज पन्थ,गुल्मी रेडक्रसका उपसभापती कृष्ण भण्डारी राजेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथी तथा विशिस्ट अथितिले नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाले जिल्लामै उत्कृष्ट काम गरेको बताउनुभएको थियो।उक्त कार्यक्रममा गुल्मी जिल्ला रेडक्रसका उपसभापति कृष्ण भण्डारी र मन्त्री राजेन्द्र श्रेष्ठले मन्तब्य दिनुभएको थियो।
प्रशिक्षकहरुमा दिपक पोख्रेल,कृष्ण भण्डारी,ठाकुरअधिकारी ,प्रकाश पाण्डे रहनुभएको छ कार्यक्रम छत्रगञ्ज उपशाखा अध्यक्ष कैलाशकुमार श्रेष्ठको अध्यक्षता उपशाखाका उपसभापती प्रकाश ज्ञवालिको स्वागत मन्तव्य र उपशाखाका सदस्य कृष्णबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।
४ दिनसम्म चल्ने तालिममा भैपरि आउने तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई न्युनिकरण गर्न र क्षति भईसकेपछि त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने लगायत विषयमा तालिम सञ्चालन हुने छत्रगञ्ज उपशाखा संयोजक कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो।