सुर्य भुसाल
उपल्लो जगत, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाको बिकासका लागि नगरभित्र खानेपानी समस्या जताततै समधान गरेर अगाडि बढने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड ६ नरपानीको उपल्लो जगतमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भुसालले नगरपालिकाको एक घर एक मिटर सहितको खानेपानी धारा जडान अभियान अन्तरगत यो लिफ्ट खानेपानीका लागि नगरपालिकाबाट बजेट बिनियोजन गरि काम सुरु गरिएको बताउनु भयो ।
उहाले खानेपानीबाट वार्ड नम्बर ६ का ८० घर धुरि लाभान्वित हुने र धारा जडानसँगै कृर्षि गर्ने कृर्षकहरुका लागि ठुलो फाईदा हुने गरि योजना पारिएको बताउनु भयो ।
उपल्लो जगातमा सञ्चालित तुषारे पानी लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि घरघरमा पानीका धारा बन्ने भन्दै स्थानीयहरु हर्षित भएका हुन । सन्धिखर्क नगरपालिकाको १० लाख र स्थानीयको जन श्रमदान १० लाख गरि कुल २० लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानी सम्पन्न भएपछि स्थानीय ६५ घरधुरी लाभान्वीत भएका छन ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले हराभरा सम्बृर्द नगरपालिका बनाउने आफुहरुको अभियान लक्ष्यमा पुराउने गरि बिकासका कामहरु भईरहेको बताउदै अब सन्धिखर्क नगरपालिका भित्रका सबै वार्डहरुमा खानेपानी समस्या समधान हुने क्रम जारी रहेको बताउनु भयो ।
अनुगमन समितिका सयोजक समेत रहनु भएका उपप्रमुख बिकले गुणस्तरीय काम नगर्ने कसैलाई पनि छुट नहुने बताउदै योजनाहरुको अनुगमनलाई तिब्र पारिएको दावी गर्नु भयो । बिकले अनियमितता कहि कतै नहोस भनेर नगरपालिकाका हरेक योजनाहरुमा आफु प्राबिधिक सहित पुगेर नापजाँच गरि भुक्तानका लागि सिफारिस गर्न निर्देशन दिएको बताउनु भयो ।
तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाको बिकासका लागि नगरभित्र खानेपानी समस्या समाधान गरेर अगाडि बढने बताउनु भएको छ । उहाले नगरपालिकाको एक घर एक मिटर सहितको खानेपानी धारा जडान अभियान अन्तरगत यो लिफ्ट खानेपानीका लागि नगरपालिकाबाट बजेट बिनियोजन गरि काम सुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले हराभरा सम्बृद्ध नगरपालिका बनाउने आफुहरुको अभियान लक्ष्यमा पुराउने गरि बिकासका कामहरु भईरहेको बताउदै अब सन्धिखर्क नगरपालिका भित्रका सबै वार्डहरुमा खानेपानी समस्या समधान हुने क्रम जारी रहेको बताउनु भयो । कार्यक्रममा वार्ड अध्यक्ष कृष्ण बहादुर आचार्य, नगर कार्यपालिका सदस्य यमकला थापा, स्थानीय समाजसेवी कृष्णबहादुर अधिकारी, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष लेखबहादुर खत्रीको अध्यक्षता र लिलबहादुर महत्राको सञ्चालनमा सम्पन्न भएको हो ।