अर्घाखाँचीकी काफलवाली, जसले नरपानीमा काफल बेचेर ७५ हजार आम्दानी गरिन्

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ६ को नरपानीमा काफलवालीलाई सम्मान गरिएको छ । 
नरपानीकी गिता खत्री (बिचमा ) तस्बिर: प्रेम नारायण आचार्य 
नरपानीको उपल्लो जगतमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको शनिबार उद्घाटन कार्यक्रममा नरपानीकी २२ वर्षिया गिता खत्रीलाई काफल बेचेर मगन्य आम्दानी गरेको भन्दै सम्मान गरिएको हो । 
गिताले सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको जगत, नरपानीको बाटोहरुमा काफल बेचेर यो वर्ष ७५ हजार रुपैया आम्दानी गरेकी छन् । गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छिन् । गिता अविबाहित छिन् । 
उनले बिहान क्याम्पस र दिउसोको समय काफल बेच्दै आएकी थिईन् । 
काफलवालीलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रम समारोहमा सम्मान गरेका थिए । 
कार्यक्रममा अन्य स्थानियहरुलाई पनि सम्मान गरिएको थियो । 
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, वार्ड अध्यक्ष कृष्ण बहादुर आचार्य लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु