फाइल तस्बिर
अर्घाखाँचीडट्कम संवाददाता
डिहिडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेठ १८ । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाँचिकोट डिहिडाँडाको श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा एक लाख रुपैंयाको खेलकुंद छात्रबृति अक्षयकोषको स्थापना गरिएको छ ।
स्थानिय वासी ८४ बर्षका शिक्षाप्रेमी लोकेन्द्र विक्रम शाहले आफ्नो चौरासी पुजा नगरि उक्त रकमको अक्षकोषको स्थापना गर्नुभएको हो ।
चौरासी पुजा गरेर लाखौं खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रमा लगानी गरेमा शिक्षाको विकास हुने भन्दै उहांले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका शिक्षक तिर्थराज आचार्यले जानकारी दिनुभएको छ ।
शुक्रवार विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अवसरमा उक्त अक्षयकोषको स्थापना गरिएको हो ।