सन्धिखर्कमा ३ दिने सहकारी लेखा तालिम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा ३ दिने सहकारी लेखा सम्बन्धी  तालिम  सम्पन्न भएको छ । 
 सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले कृर्षि सहकारीको माध्यमबाट अब आर्थिक क्रान्ति गर्नु पर्ने बताउनु भएको छ ।  
 सहकारी लेखा तालिमको समापन गर्दै   कार्यक्रममा प्रमुख अथिति समेत रहेका उपप्रमुख बिकले सहकारीमा लेखा श्रेस्ता तुरुस्त दुरुस्त राख्ने गरि तालिममा सिकेको कुरा व्य्वबहारमा उतार्न आग्रह गर्नु भयो । 
बिकले सरकारले तीन खम्बे अर्थ नीति अपनाएकाे भन्दै सहकारीकाे माध्यमबाट सम्बृद नगर सम्भव भएकाे तथा सहकारीको माध्यमबाट गाउँटोलमा अार्थिक क्रान्ति गरि बेरोजगारी समस्या समधान गर्ने तर्फ अाफुहरु लागि परेको बताउनु भयो । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सहकारीकाे क्षमता अभिबृद्दि गरि सहकारीलाई व्यवस्थित बनाउन का लागि नगरपालिका ले नया योजनाहरु अागामि बर्ष  अगाडि सारेर सहकारी बाट अार्थिक अायअार्जन बढाउने गरि काम गर्ने बताउदै तालिममा सिकेको कुरा ब्याभारमा उतार्न अाग्रह गर्नु भयो   । ज्ञवालीले  सहकारी शिक्षालाई  सबै वार्ड हरुमा अगाडि बढाई सहकारी को सन्जाल टोलटोलमा पुरायने गरि काम गर्ने बताउनु भयो ।
तालिममा सहभागी शिला भुसाल र नारायण अाचार्यले सहकारी लेखा तालिमलले सहकारीकाे व्यवस्थापन गर्ने अात्म विश्वास अाफुहरु मा बढेको बताउदै अागामि दिनमा पनि नगरपालिका ले अझै महत्त्वपूर्ण तालिम दिनेमा अाफुहरु अासा बादि रहेको बताउनु भयो ।

अन्य समाचारहरु