सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान अन्तरगत पहिलो चरणको जागरण अभियान आईतबार छत्रदेव गाउपालिकाको अर्घातोषमा समापन गरिएको छ ।
कंग्रेसलाई जागृत गराउने र गाउगाउमा सगठन बिस्तार लाई मजबुत बनाउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान अन्तरगत अर्घाखाँची काङ्ग्रेस को अभियान गाउँ केन्दित बनेको र गाउ का जन्ता काङ्ग्रेस को कार्यक्रम मा उत्साहित का साथ उपस्थित भएको जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
पहिलो चरणको समापन कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा प्रचार मुखि कार्यकर्ता पोष्ने खालका काम गरि सरकार भष्टचार मा लिप्त भएको आरोप लगाउनु भयो । उहाले जनताले दुइ तिहाइको सरकारबाट धेरै अपेक्षा राखेपनि जनताको आशा निरासामा परिणत गराएर जनबिरोधि काम गरि मुलुक लाई असफल राष्ट्र बनाउने तर्फ सरकार केन्द्रित भएको अारोप लगाउदै काङ्ग्रेस को सगठन देखेर नेकपा अतालिन थालेको दाबि गर्नु भयो । उहाले बर्तमान सरकार भ्रष्टाचारको वरिपरि रोमलिएको कारण राम्रोसँग काम गर्न नसकेको सम्बैधानिक निकाए हरुलाई कब्जा गरि अाफु अनुकुल अगाडि बढेको उहाको भनाई छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान ले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा सुधार ल्याउन नसकेको बताउनु भएको छ । उहाले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको ले नेपाली काङ्ग्रेस मा प्रबेस गर्ने को देशभर जनजागरण मा लहर चलेको बताउदै अभियानमा सहभागी हुने नेता कार्यकर्ता हरुलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नेपाली काङ्ग्रेस को सदस्य हुनु अहिले को अबस्थामा ठुलो गौरब हुने बताउदै सगठन बिस्तार लाई गाउटोल बस्तीमा तिब्र पार्न स्थानिय नेताहरु लाई अाग्रह गर्दै यो माहान जागरण अभियानमा लाग्ने नेता कार्यकर्ता हरुलाई धन्यवाद ब्यक्त गर्नु भयो ।कार्यक्रममा जिल्ला उपसभापति शान्ता भन्डारि जिल्ला सचिब ,सचिब विष्णु भुसाल, माहासमिति सदस्य तथा सितगगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी माहासमिति सदस्य केशव श्रेष्ठ, माहासमिति सदस्य डाक्टर जय बहादुर टन्डन नेपाल चिकित्सक सघका केन्द्रीय अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठ माहाधिबेसन प्रतिनिधि तथा छत्रदेब गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल जिल्ला नेत्रप्रसाद भट्टराई तारा प्रसाद श्रेष्ठ पुर्व जिल्ला सचिब लोकेन्द्र बिक जिल्ला सदस्य पिताम्बर खनाल युवा नेता बाबुराम भुसाल हेमन्त बेल्वासे राजेस पन्थि क्षेत्र नम्बर १ का सभापति केशबराज कुवर सचिब तारा फुल्लेल लगाएतका नेताहरुले सगठन बिस्तार पार्टीको जनजागरण अभियान को महत्त्व का बारेमा प्रशिक्षण दिनु भएको थियोे ।

कार्यक्रममा विभिन्न पाटी परितयाग नेपाली कांग्रेसमा प्रबेस गर्ने हरुलाई पार्टीको सदस्य ता प्रदान गरि नेता हरुले काङ्ग्रेस मा स्वागत गरेका थिए ।काङ्ग्रेस मा प्रबेस गर्ने को लहर चलेको नेताहरु ले बताएका छन भने गाउमा पुगेका काङ्ग्रेस नेताहरु लाई कार्यकर्ता हरले स्थानिय ठाउमा भब्य स्वागत गरेका छन भने उपस्थिति उल्लेखनीय छ ।
पहिलो चरणको जनजागरण अभियान अन्तरगत भुमिका स्थान नगरपालिका सितगगा नगरपालिका छत्रदेब गाउपालिका सबै वार्ड हरु तथा मालारानि को बागिमा जनजागरण सम्पन्न भएको छ भने सन्धिखर्क नगरपालिका पाणिनि गाउपालिका मालारानि गाउपालि मा दोस्रो चरणमा जनजागरण अभियान सन्चालन गरिने जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।