सिमलपानीमा ६ वटा विधालयहरुलाई ल्यापटप बितरण, पुर्ण सरसफाइ सम्बन्धि १ दिने अभिमुखिकरण र ३ दिने कृषि तालीम सम्पन्न

अशोक खनाल 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिका वडा न. १४ सिमलपानीले शिक्षाको गुणस्तर वृद्धिको लागि आफ्नो वार्ड भित्रका ६ वटा आधारभूत विधालयहरुलाई एक-एक थान ल्यापटप बितरण गरेको छ।
त्यसैगरि उक्त वडाले आफ्नो वार्ड भित्रका विधालयका प्र.अ सामुदायिक बनका अध्यक्षहरु महिला स्वयम् सेबिका, राजनैतिक दलका प्रतिनिधि स्थानीय प्रभुत्व ब्याक्तीहरुको उपस्थितिमा पुर्ण सरसफाइ सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
नगरपालिकाको समन्वयमा वार्ड भित्रका कृषकहरुको लागि जैविक बिषाधि तथा करेसाबारी सम्बन्धि तीन दिने कृषि तालीम सम्पन्न गरेको छ । 
उक्त कार्यक्रमहरुको सहजीकरण वार्ड अध्यक्ष दामोदर न्यौपाने वार्ड सदस्यहरु तथा वार्ड सचीव लेखनाथ पोख्रेलले गर्नु भएको थियोे ।

अन्य समाचारहरु