अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड न. १४ सिमलपानीमा युबा लक्षित कार्यक्रम अन्तर्गत वार्ड स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
आयोजित प्रतियोगितामा ८ समूहले भाग लिएका थिए । निकै प्रतिस्पर्धामक खेलमा स्थानीय सृजना युबा क्लब (ख) बिक्रम प्रथम हुनुका साथै उहीँ क्लब कै समूह (क) द्वितीयत र पाब्रा समूह तृतीय भएका थिए ।
बयर जातका बोकाहरु बितरण
त्यसैगरि उक्त वार्डले ५०% अनुदानमा स्थानीय किसानहरुका लागि बयर जातका बोकाहरु बितरण गरेको छ।