बाँगी कर्नामारेकी एक किशोरी बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेठ १९ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगीको कर्नामारेकी एक किशोरी बेपत्ता भएकी छिन् । 
बाँगीको कर्नामारेकी १५ वर्षिया गीता खड्का जेष्ठ १८ गते शनिबारदेखि बेपत्ता भएकी हुन् ।
घरबाट शनिबार बिहानैदेखि बेपत्ता भएकी गीता २ दिन हुँदासम्म संपर्कमा आउन सकेकी छैनन् । परिवारले आफन्त, साथीको घर जताततै खोजी गर्दा पनि फेला नपारेपछि प्रहरी र सबैमा खोजिदिन अनुरोध गरेको छ ।   

अन्य समाचारहरु