ढाकावाङका एमबीबीएस गर्दै गरेका विधार्थी काठमाडौँबाट बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौँ(अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङका एक एमबीबीएस गर्दै गरेका विधार्थी काठमाडौँबाट बेपत्ता भएका छन् । 
ढाकावाङका शिशिर खनाल गत जेष्ठ १७ गते शुक्रबारदेखि काठमाडौँबाट बेपत्ता भएका छन् । घरबाट रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका शिशिर मोबाईल नम्बरबाट स्थान पहिचान गर्दा ललितपुरको धोवीघाट देखिएको प्रहरीले बताएको छ ।   
शिशिरले काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा पढदै थिए ।  
उनलाई कसैले देखेमा ९८४७५०९२४४  , ९८४७१५६७७२  , ९८४३०६०९७९ नम्बर वा नजिकको प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ । 
गत  शुक्रबारदेखि  सम्पर्क बिहिन रहेका शिशिरको खोजी गरिदिन परिवारले प्रहरी लगायत सबैमा अनुरोध गरेका छन् ।

अन्य समाचारहरु