सन्धिखर्कमा बाणिज्य बैंकले आगामी जेष्ठ २४ देखि आफ्नो सेवा टुढिखेलको सभाहलबाट दिने, तयारी पुरा

भानु पराजुली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  जेष्ठ २१  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका हललाईनमा रहेको पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैकले आगामी जेष्ठ २४ गते शुक्रबारका दिन देखि  सन्धिखर्क टुढिखेलमा रहेको सुविधा सम्पन्न भबन सभाहलबाट आफ्नो सेवा सुचारु गर्ने तैयारी गरेको बैकका प्रबन्धक गोपालप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
जिल्ला समन्वय समितिको सभाहललाई बैकले निकै आकर्षक डेकोरेसन गरि आफ्नो सेवा दिन लागेको हो । ठूलो पार्किङ एरिया भएको सभाहल जिल्ला समन्वय समितिले बाणिज्य बैकलाई उपलब्ध गराएपछि बैक हललाईनबाट सर्न लागेको म्यानेजर न्यौपानेले बताए ।
सभाहल अगाडिको कम्पाउन्डमा झन्डै साना ठुला गरि २ सय गाडी अट्ने क्षमता भएको समन्वय समितिका नासु मुक्ति खनालले बताउनु भयो ।बैकको अगाडि एटीएम सेवा मम्पाउन्ड भित्र पानीको फहरा समेतको ब्यबस्थापन गर्न लागिएको न्यौपानेको भनाइ छ ।
बैक सो भबनमा सरेपछि अर्घाखाँचीका कार्यालयमा निकै आकर्षक कार्यालय हुने स्थानियले बताउछन । बैकले शुक्रबारबाट आफ्नो सेवा सभाहल भएको भबनबाट सुरु गर्ने गरि डेकोरेसनलाई दुर्त गतिमा अगाडि बढाएको छ भने सबैभन्दा बढि चहलपहल हुने बैक सभाहलमा जाने भएपछि त्यस क्षेत्रका स्थानिय बासिन्दा हर्सित बनेका छन । ब्यापारीहरु खुसि भएका छन ।
म्यानेजर न्यौपानेका अनुसार शुक्रबारबाट सेवा नयाँ भबनमा दिईने उहाको भनाइ छ ।

अन्य समाचारहरु