अर्घाखाँचीका निर्माण व्यवसायीद्वारा निर्माण प्रकृया ठप्प पार्ने चेतावनी, बाेलपत्रमा सहभागी नहुने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  जेष्ठ २१  । अर्घाखाँचीका निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावली (छैठाैँ शंसाेधन) २०७५ लागू भएसंगै यसमा भएका बुँदाहरु अाफुहरुकाे हितमा नरहेकाे भन्दै   सरकारी बाेलपत्रमा सहभागी नहुने भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय समितिकाे निर्देशन पछि बसेकाे नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीकाे बैठकले सरकारी बाेलपत्रमा ठेक्का नहाल्ने निर्णय गरेकाे हाे ।
नियमावलीमा उल्लेख भएका बुँदाहरुले निर्माण व्यवसायीलाई धरासायी पार्ने भन्दै अाफुहरु वाेलपत्रमा ठेक्का बहिष्कार गर्न बाध्य भएकाे संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए ।
अाफुहरुका जायज माग बेवास्ता गरि अगाडी बढेमा अाफुहरुले सम्पुर्ण निर्माण प्रकृया ठप्प पार्ने चेतावनी दिदै अधिकारीले कुनैपनि बाेलपत्रमा सहभागी नहुन सवै निर्माण व्यवसायीलाइ सार्वजनिक अाह्वान समेत गरेका छन् ।
सरकारले यही बैशाख ३० गतेदेखी लागू हुनेगरी सार्वजनिक खरिद एेन (छैठाैँ) शंसाेधन लागू गरेकाे थियाे ।

अन्य समाचारहरु