अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मनसुन पूर्वतयारी कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षता र मालारानी र छत्रदेव गाउँपालिकाका अध्यक्ष सहितको उपस्थितिमा मनसुन पूर्व तयारी कार्ययोजना २०७६ लाई कार्यान्वयन गर्ने सन्धर्भमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य लगायत विषयगत कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु, लगायतको उपस्थिति रहेको थियो ।