सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कुमाल सुधार समिति अर्घाखाँचीकाे आयाेजना सन्धिखर्क नगरपालिकाकाे आर्थिक सहयाेगमा आज एक कार्यक्रमका बिच कला जागृति कुमाल समूह सन्धिखर्क १ लाई माटाका भाँडा बनाउने आधुनिक प्रबिधिका सामाग्री हस्तान्तरण गरिएको छ।
तारा मुखियाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कमल प्रसाद भुसालले मन्तव्य राख्दै अहिले विभिन्न जात जातिमा रहेका पुराना सीप कलाहरू लाेप हुने स्थीतिमा पुगिरहेकाेले ती कला सिपकाे संरक्षण र आर्थिक उन्नतिकाे लागि नगरले बजेटकाे बिनियाेजन गरेकाे बताउनु भयाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं.१ का अध्यक्ष युबराज बन्जाडे, वार्ड नं.२ का माेतिजङ्ग रायमाझी, पत्रकार हिम लेकालीले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
सुमित्रा कुमालकाे सन्चालन र बिष्णु कुमालकाे स्वागतमा सन्चालित कार्यक्रममा सनपा १का बडा सदस्य लक्ष्मण पराजुली ,बल बहादुर बि सि ,बडा नं २का वडा सदस्य हिम कुमाल ,समाजसेवि बिष्णु परियार ,सुन्दर कुवर ,प्रशिक्षक हरि प्रजापति ,पदम कुमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।